हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?
१९ श्रावण, २०८३, मगलवार
- सांसद साम्पाङले देशमा एउटै मात्र सेना रहनु पर्छ भन्ने हो भने सरकारले विभिन्न नाममा रहेका सेनालाई निषेध गर्नुपर्ने बताउदै त्यस्ता सेना नामका समूहहरुसँग सरकारले वार्ता पनि गर्न नहुने धारणा राखेका थिए ।
काठमाडौं: श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हिन्दु सम्राट सेनासँग सरकारले गरेको सहमतिप्रति प्रश्न उठाउदै देशमा सेनाका नाममा समुह गठन गर्ने छुट दिन नहुने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले सेना गठन गर्न गर्ने अनुमति कसले दिएको हो भन्दै यसका मापदण्ड र क-कसले सेना गठन पाउने हो भन्दै प्रश्न गरेका छन् ।
सांसद साम्पाङले देशमा एउटै मात्र सेना रहनु पर्छ भन्ने हो भने सरकारले विभिन्न नाममा रहेका सेनालाई निषेध गर्नुपर्ने बताउदै त्यस्ता सेना नामका समूहहरुसँग सरकारले वार्ता पनि गर्न नहुने धारणा राखेका थिए ।
उनले गत साउन ५ गते आफुलाई जनकपुरमा अवरोध गरिएको भन्दै लोकतन्त्रमा आफ्नै देशमा जादा पनि अवरोध गरिएको र आफ्ना कार्यकर्तालाई जनकपुरमा अज्ञात समूहले हातपात समेत गरेको बताए । उनले सो घटनाबारे गृहमन्त्रीलाई फोन गरेरै जानकारी गराएपनि अहिलेसम्म कारवाहीको प्रक्रिया शुरु नभएको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।